रेडियो अन्नपूर्णले चैत १७ गते बृहत रक्तदान गर्ने

पाेखरा | फागुन १४, २०८०

रेडियो अन्नपूर्णले चैत १७ गते बृहत रक्तदान गर्ने

पोखरा:    रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जले आउँदो चैत १७ गते शनिबार बृहत रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । रेडियोले सामाजिक उत्तरदायित्व अन्र्तगत यसबर्ष पनि चैतको तेश्रो शनिबार २२ औं बृहत खुल्ला रक्तदान कार्यक्रम आयोजना गर्ने भएको रेडियोका स्टेशन म्यानेजर संजयकुमार मल्लले जानकारी दिए ।


रक्तदान कार्यक्रमलाई सफल बनाउन विभिन्न समितिहरु समेत गठन गरिएको छ । सोमबार बसेको बैठकले राजाराम पौडेललाई संयोजक र कञ्चन थापालाई  सहसंयोजकको जिम्मेवारी दिइएको छ ।


आरजु बिष्ट सल्यानीलाई प्रचारप्रसार र संघसस्था परिचालनको जिम्मेवारी दिइएको हो । त्यस्तै बजार ब्यबस्थापकको उपसमितिमा नारायाण पौडेल, आर्थिक ब्यबस्थापन संयोजकमा अगन्धर सुबेदीलाई तोकिएको छ ।


प्रमाणपत्र वितरण तथा रेकर्डमा सुरज थापा ,स्वागत तथा स्वयमसेवक ब्यबस्थापनमा शोभा नेपाल, र प्राविधिकमा अरबिन बिक्रम राणालाई जिम्मेवारी दिइएको हो ।  रेडियोले २०५८ साल देखि नियमित रुपमा रक्तदान कार्यक्रम आयोजना गदै आइरहेको छ । 

पोखरा:    कास्की प्रहरीले ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा पोखरा महानगरपालिका ११ बस्ने ३० वर्षीय रोशन गुरुङ, अन्नपूर्ण गाउँपालिका ४ स्थायी घरभई हाल पोखरा ११ जनजा...

थप पढ्नुहोस्

पोखरामा जारी २५ औं संस्करणको आहा रारा पोखरा गोल्डकपमा बुधबार भएको खेलमा जावलाखेल युवा क्लब विजयी भएको छ ।   पोखरा रंगशालामा भएको प्रिक्वाटरफाइनलमा जावलाखेलले मछिन्द्र फुटबल क्लबलाई २–० गोल...

थप पढ्नुहोस्

पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा सेमिफाइनल समिकरण पूरा भएको छ ।   बुद्धटोल युवा क्लबको आयोजनामा जारी प्रतिय...

थप पढ्नुहोस्